विराटनगर। कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित हुनुभएको छ। आज बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो।

IMG-20250808-WA0020

अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङ्गका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको थियो।

IMG-20250808-WA0034

त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो।

अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, बोर्ड सदस्य प्रदिप भगत थारू, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाई, सितोरियो सोबुकान का केन्द्रीय महासचिव धोजमान मोक्तान को उपस्थिति पनी है

लगायत प्रदेशका कराते खेलकर्मीहरूको उपस्थिति रहेको थियो।