इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले रक्षा बन्धनको अवसरमा शुभकामना एवं स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर संगिता कुमारी चौधरी, कोशी प्रदेशका सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्री रेवती रमण भण्डारी, सांसद मिना श्रेष्ठ, पूर्व मन्त्री रामकुमार सुब्बा, इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, समाजसेवी भीम पौडेललगायतका थुप्रै विशिष्ट सामाजिक एवं प्रशासनिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका शारदा दिदीले उपस्थित अतिथि तथा सहभागीहरूलाई रक्षा बन्धनको डोरी बाँधी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा दुई हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।


