इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ को पाथिभारा नौमती बाजा समुहले ६० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार वडा नम्बर १ को नर्वदेश्वर शिवालय मन्दिर हलमा एक कार्यक्रमको आयोजना गर्दै समूहले खदा, अविर, टिका सहित दुःध र मिष्ठान्न भोजन गराई सम्मान गरेको हो । श्री नर्बदेश्वर जेष्ठ नागरिक भजन किर्तन मण्डलीका अध्यक्ष जगन्नाथ दंगालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको औचित्य माथि संस्थाकी अध्यक्ष सीता भण्डारीले प्रकाश पार्नुभएको थियो। उपाध्यक्ष उर्मिला ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा ६० वर्ष माथिका ६६ जना जेष्ठ नागरिक सम्मानित हुनुभएको समुहका संयोजक दिपक ढुङ्गानाले बताउनुभयो ।


