इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श र भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले आफ्नो २२ औं स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम सहित मनाएको छ । अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको यो संस्थाले इटहरी शाखाबाट सन् २०१६ देखि निरन्तर सेवा दिँदै आइरहेको छ । संस्थाका शाखा प्रबन्धक कलम तिम्सिनाका अनुसार, स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ । इटहरी शाखाको सफलताबाट प्रेरित भएर खोलिएका धरान र विराटनगर शाखाहरूले पनि आफ्ना स्थानहरूमा स्थापना दिवस मनाएका थिए । धरानमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए भने मोरङको सुन्दरहरैंचास्थित शेष नारायण मन्दिरको गुरुकुलमा खाद्यान्न, ह्वाइट बोर्ड र अन्य शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखा मार्फत हाल सम्म चार सय भन्दा बढी विद्यार्थीहरूलाई अस्ट्रेलिया, अमेरिका, युके लगायत विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनका लागि सफलतापूर्वक पठाइएको छ । स्थापना दिवसको अवसरमा संस्थोले आफ्नो सेवा यात्रा, प्राप्त सफलताहरू र आगामी योजनाहरूबारे समेत जानकारी गराएको थियो ।


