इटहरी । रोट्रयाक्ट क्लब अफ इटहरीले आफ्नो १८औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी वर्ष २०२५–२६ का लागि अध्यक्षमा सितल धिताल निर्वाचित भइसक्नुभएको छ । नवनिर्मित कार्यसमितिमा उपाध्यक्ष मेघा बराइली , सचिव जेनिसा जुनेरा, कोषाध्यक्ष प्रदोस ढकाल, सदस्यहरू विवस पराजुली र संजय ठाकुर, सहसचिव अनुप्रास विष्ट, क्लब प्रशासक अध्यक्ष अंकिता चौहान, ट्राफ चेट अर्जुन धमला लगायत २० जना सदस्य रहनुभएको छ । साथै, ७ जना सल्लाहकारको समेत सहभागिता रहने गरी विस्तारित समिति गठन गरिएको हो। यस अवसरमा रोटरी वर्ष २०२४–२५ का अध्यक्ष देभराज काफ्लेलाई संस्थामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो। कार्यक्रममा रोटरी क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू, संस्थालाई सहयोग गर्ने विभिन्न संघ–संस्था र व्यक्तित्व, तथा संस्थाका सक्रिय सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले क्लबले सामाजिक सेवामा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो । यसैगरी, रोटरी क्लब अफ इटहरीका अध्यक्ष देवचरन चौधरी, रोट्रयाक्ट क्लब अफ इटहरीका निवर्तमान तथा नव–निर्वाचित पदाधिकारीहरू, र विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले सामाजिक सेवा, युवा नेतृत्व विकास, र सामुदायिक सहभागितामा क्लबको भूमिकालाई अझ सबल बनाउन प्रेरणा प्रदान गरेको आयोजकहरूले जनाएका छन् ।


