इटहरी । मोरङ क्षेत्र नं ३ का सांसद डा.सुनिल कुमार शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको पहलमा अर्थिक बर्ष २०८२÷०८३ को लामाटोली देखि भोटेघुम्ती सम्म ६ मिटर चौडाइको सडकमा कालोपत्रे गरिने भएको छ । आईतबार उक्त सडकको स्थानीय, प्रदेश तथा सङ्घीय प्राविधिक टोलीसहित जनप्रतिनिधिहरूले निरीक्षण तथा सर्बेक्षेण गर्ने कार्य सम्पन्न गर्नुभएको हो । त्यस्तै, निरीक्षण तथा सर्वेक्षणका क्रममा पथरी शनिश्चरे बजार भित्रका कालोपत्रे सडक निर्माणको लागि जनआन्दोलन चोकदेखि पुरानो वाणिज्य बैंकसम्म , बि.पी. चोकदेखि आरति सहकारी संस्थाको भवन सम्म, गोर्खा गल्लीदेखि पुरानो फिल्म हल हुँदै धिमाल चोकदेखि एभरेष्ट स्कुल सम्म, विशाल चोकदेखि माछा लाइन सम्मको निरीक्षण तथा सर्वेक्षण गरिएको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ मा सप्पन्न गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइएको सङ्घीय संसदका सांसद डाक्टर सुनिल शर्मा तथा कोशी प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सचिवालयले जनाएको छ । संघीय सरकारका सहरी विकास बोर्डबाट ३ करोड र र भौतिक विकास मन्त्रालयबाट ३ करोड गरी कुल ६ करोड रुपैयाँको लागतमा यसै आर्थिक वर्षभित्रमा ति विभिन्न योजनाहरू सम्पन्न गर्नको लागि प्राविधिक टोली सहित निरिक्षण तथा सर्वेक्षण गरिएको संयुक्त सचिवालयका सदस्य गिरीश साम्बाले जानकारी दिनुभयो। उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संघीय एवं स्थानीय सरकारका प्राविधिक सदस्यहरु, नेपाली कांग्रेस पथरी शनिश्चरे नगर कार्यसमितिका कार्यवाहक अध्यक्ष के.बी. गुरुङ , संघीय तथा प्रदेश सांसदका स्वकीय सचिवहरु , स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।


