इटहरी | नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनबाट खगेन्द्र कट्वाल सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनको अध्यक्षता ढुण्डीराज गुरागाईंले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहेका थिए।

नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भरत केसी र रन्जु मगर, सचिव सन्तोष तिम्सिना, उपसचिव; आनन्द आचार्य र सुमित थापा रहेका छन्। सदस्यमा सुमन कार्की, मनिश कार्की, जीवन बराल, आस्था खड्का, विरेन्द्र भण्डारी र यामकुमार राई लगायत १६ सदस्य कार्यसमिति चयन भएका छन्।

अध्यक्ष कट्वालले जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको संस्थागत विकासमा सक्रिय हुने बताए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य अमृता सुब्बा, नेकपा एमाले सुनसरीका सचिव राम कोइराला, 

इटहरी अध्यक्ष रुपेश बस्नेत आफ्नो धारणा राखेका थिए। साथै कार्यक्रममा महासङ्घका  केन्द्रीय सदस्यहरू भेषराज कार्की, सुरेश कार्की, ईश्वरविक्रम शाह उमेश सुवेदी सीपी पौडेल,  महासङ्घ सुनसरी अध्यक्ष बिकल पौडेललगायत प्रदेश जिल्ला कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।