इटहरी । चुरे क्षेत्रको दिगो संरक्षण र समृद्धिका लागि सञ्चालन भइरहेको चुरे उत्थानशील आयोजना अन्तर्गत बुढी नदी प्रणाली सम्बन्धी बैठक इटहरीमा सम्पन्न भएको छ । पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोग राज गिरी समेतको उपस्थीतिमा सम्पन्न बैठकमा बुढी नदी प्रणालीको दीर्घकालीन व्यवस्थापन, जलस्रोत संरक्षण, जैविक विविधताको संवद्र्धन र स्थानीय समुदायको सहभागिताबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय सरकारका अधिकारी, वन उपभोक्ता समूहका सदस्य, वातावरणविद् तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बुढी नदी क्षेत्रको संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा संयुक्त योजना कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।


