इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, युवा प्रभागले ‘नवीन युवा, आध्यात्मिक चेतना: भित्री शान्ति अनि बाहिरी सफलता’ शीर्षकमा कार्यक्रम सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रम विशेषतः युवाभित्र अन्तर्निहित सुख–शान्ति जीवनको सफलता अनि उत्प्रेरणा माथि आधारित थियो । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका ब्रह्माकुमारी शारदा दिदी, वरिष्ठ प्रशिक्षक एवं उत्प्रेरक वक्ता हरि सिटौला, इटहरीको विश्व आदर्श कलेजका प्राध्यापक गणेश दुलाल लगायत अरु थुप्रै विशिष्ट एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्व आदर्श कलेजका स्नातक तहका साथै मास्टर्स तहका २ सय भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । वरिष्ठ प्रशिक्षक हरि सिटौलाले विद्यार्थीहरूलाई उत्प्रेरणायुक्त विशेष क्लासका साथै राजयोग पनि गराउनुभएको थियो ।


