सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा–३, गछियास्थित प्रदेशकै उत्कृष्ट “आश्रय सुधार तथा उपचार केन्द्र”का निर्देशक तथा  सामाजिक अभियन्ता सेवक खत्री (सेबक)ले सुन्दरहरैंचा, विराटचोकमा निःशुल्क पिउने पानी उपलब्ध गराउने ‘वाटर एटीएम’ सेवा सुरु गर्न लागेका छन्।

तरहरा उत्सव २०२५ मा ‘युथ आइकन’ सम्मान प्राप्त गर्न लागिरहेका खत्रीले सामाजिक सेवामा युवाहरूलाई प्रेरित गर्दै परोपकारी कार्यको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उक्त वाटर एटीएमबाट सर्वसाधारणले सहज रूपमा स्वच्छ पिउने पानी निःशुल्क पाउनेछन्।

साथै, यो सेवा इटहरी, सुनसरीमा पनि १५ दिनका लागि सञ्चालन हुने भएको छ। इटहरीमा हुने सेवाको समन्वय ‘तरहरा उत्सव २०२५’ टिमले गर्ने बताइएको छ।

टिम तरहरा उत्सव २०२५ ले सेवक खत्रीको सामाजिक कार्य र परोपकारी भावनाप्रति उच्च प्रशंसा गरिएको छ ।