इटहरी । श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा फिल्म ‘सापित’को इटहरीमा स्पेशल शोमार्फत दर्शकमाझ पहिलो पटक प्रदर्शन गरिने भएको छ । यही शनिवार दिउँसो १ बजेदेखि इटहरीस्थित किराँत राई यायोक्खाको भवनमा स्क्रिनिङ हुने जानकारी फिल्मका लेखक तथा निर्देशक रूपक राई ९जिमी० ले दिएका छन् । मंगलबार मात्रै यसको ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो फिल्म मुख्यतस् थ्रिलर जनरामा बनेको हो । फिल्ममा अधिकांश नयाँ कलाकारहरु रहेका छन् । फिल्मको मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना खत्री र जियोन तामाङ छन् । यस्तै नेपालबाट उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिनेश कोइराला, मिलन तामाङ, सुरेन्द्र भुजेल, सुरज भुजेल, इक्सा गुरुङ, जुनु बुढाथोकी, कैलाश बि।क लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । केराबारी(५ राजारानी, इटहरी, संखुवासभाको खादवारी लगायतका विभिन्न स्थानमा सुटिङ सम्पन्न भएको यस फिल्मको निर्माण सागर लिम्बू ९लोकेन० ले गरेका हुन् भने कार्यकारी निर्माता उदय कुमार सुब्बा हुन् । सहायक निर्देशक मिलन तामाङ रहेका छन् भने प्रकाश सुब्बा र देवराज सिग्देलले यो फिल्म छायांकन गरेका हुन् । सापितलाई सम्पादन र कलर हेमन तामाङले गरेका छन् । फिल्मको पोस्ट प्रोडक्सन कोशी भिजन प्रा। लि। मार्फत गरिएको हो ।