विराटनगर  | बराहक्षेत्र नगरपालिका-९ मा निर्माणाधीन "धरहरा भ्यु टावर" अहिलेसम्म अलपत्र अवस्थामा छ। केही वर्ष अघि कोशी प्रदेश सरकारले यस पर्यटकीय आकर्षण निर्माण गर्न १ करोड रुपैयाँ बिनियोजन गरेको थियो। तर, निर्माण कार्यमा ढिलाइ तथा सम्बन्धित निकायको उदासीनताका कारण यो प्रोजेक्ट अझै पनि पूरा हुन सकेको छैन।  

 यो प्रोजेक्टको निर्माण कार्य कहिले पूरा हुने हो भन्ने बिषयमा स्थानीय नगरपालिका वा प्रदेश सरकारले अझै स्पष्ट जवाफ दिएका छैनन्।  

पर्यटन विकासमा केन्द्रित यो योजना सफल भएमा बराहक्षेत्रको पर्यटन क्षेत्रलाई गति मिल्ने अपेक्षा गरिएको थियो। तर, अहिलेसम्म यो प्रोजेक्ट ढुक्क ढुक्कीमा परेको छ। यस बिसय मा सम्बन्धित निकायहरूले  तत्काल ध्यान दिन अवस्यक रहेकाे छ ।