इटहरी । बिहीबार साँझ पथरी शनिश्चरे (०१ को गोर्खा डिपार्टमेन्ट अगाडि ठक्कर दिने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ७स्३० बजे एक मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो। पूर्व(पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको सवारी दुर्घटनामा बा १ क ९७५१ नंम्बरको मिनि ट्रकले ठक्कर दिँई घाईते एक महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभएको छ । प्रहरीले ठक्कर दिने मिनि ट्रकलाई भाउन्नेमा पल्टिएको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ भने सवारी चालक पनि फरार रहेका छन् । सो घटनासम्बन्धी विस्तृत रूपमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


