इटहरी । धरान उपमहानगरपालिकाको स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । महानगरका मेयर हर्कराज राईको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले दुई अर्ब २० करोडको सीमा निर्धारण गरिएको जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान ९बजेट० कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्छ । त्यसपछि बजेट असार मसान्तभित्र ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट पारित नगरी रकम खर्च गर्न पाइँदैन । तर, धरानमा मेयर र उपमेयरबीच विवाद हुँदा समयमै बजेट आउन सकेन । धरानमा अहिले आर्थिक गतिविधि ठप्प छ ।