इटहरी । उर्लाबारी–९ को लामाटोली, भोटेपुल, छिन्ताङ्गेटोल हुँदै डाँडागाउँ सम्मको सडक कालोपत्रका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । गत २०८२ साउन २९ गते सम्पन्न अनुगमन कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल, उप–प्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, स्थानीय सामाजिक व्यक्तित्व सुरेन्द्र शेर्मा, नगर इन्जिनियर, वडाका प्राविधिक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा प्राप्त भएको करिब ३ करोड रुपैयाँको बजेटमा करिब ४ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको जानकारी नगरप्रमुख खरेलले दिनुभयो । उक्त सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आवागमन सहज हुने र स्थानीय आर्थिक तथा सामाजिक विकासमा सहज हुने स्थानीयको भनाइ छ ।


