इटहरी | रोट्रयाक्ट क्लब अफ सुनसरीले आफ्नो चौथो पदस्थापन कार्यक्रम गरेको छ।

रोट्रयाक्ट वर्ष २०२५–२६ का लागि क्लबको अध्यक्षमा श्रीचा पराजुली निर्वाचित हुनुभएको छ। नव–निर्मित कार्यसमितिमा उपाध्यक्ष निशा नायडू, कोषाध्यक्ष कन्चन निरौला, सचिव सृष्टिका घिमिरेलगायत सदस्य सहित ११ जनाको कार्यसमिति चयन गरिएको छ।

यस अवसरमा नव–अध्यक्ष श्रीचा पराजुलीले जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्दै सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आफ्नो कार्यकालमा निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, रोट्रयाक्ट वर्ष २०२४–२५ की तत्कालीन अध्यक्ष युरिका घिमिरेलाई संस्थामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले क्लबले सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो।1755320723855

उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रोटरी क्लब  क्षेत्र ७ का सहायक गभर्नर बिनोद अग्रवाल, जिल्ला रोट्रयाक्ट प्रतिनिधि रोसी श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ इटहरी (२०२५–२६) का अध्यक्ष सितल धिताल, तथा रोट्रयाक्ट क्लब अफ इटहरी (२०२४–२५) का पूर्व अध्यक्ष देभराज काफ्ले लगायत संस्थाका पदाधिकारी, शैक्षिक क्षेत्रका प्रतिनिधि र सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

1755320743237

साथै, उपस्थित अतिथिहरूले युवाहरूलाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउन सक्ने खालका कार्यक्रमलाई निरन्तरता दिन क्लबले अग्रसर रहनुपर्ने धारणा राखेका थिए।