इटहरी । भ्रष्टाचार, बेथिति र विसङ्गति मुक्त समाज स्थापना गर्ने मूल नाराका साथ स्थापित स्वतन्त्र नागरिक समाज मोरङले सुन्दरहरैचा नगरपालिका–१० मा युवा समिति गठन गरेको छ । उक्त वडा समिति गठन कार्यक्रम स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईको उपस्थितिमा सम्पन्न भएको हो । स्वतन्त्र नागरिक समाज युवा समितको संयोजकमा देव प्रसाद राई,सहसंयोजकमा प्रकाश अर्याल,सचिवमा पारुहांङ राई,सहसचिवमा प्रविन राई,कोषाध्यक्षमा अजिव राईलाई चयन गरिएको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । सदस्यहरुमा सुमन कोइराला र ओमकार राईलाई चयन गरिएको र बाँकी सदस्यहरु थप्दै लैजाने प्रवक्ता गुरुङले बताउनुभयो । सुन्दाहरैंचाको १२ वटै वडामा वडा कमिटि गठन गरिने बताउदै उहाँले त्यसपछि मोरङको सबै स्थानीय तहमा पनि संगठन विस्तार गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौलागाईले यो संस्था कुनै राजनीति गर्ने थलो नभएर बिशुद्ध सामाजिक कार्य गर्न स्थापना भएकाले सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका उपाध्यक्ष मोहन ढकाल,सह सचिव तारा श्रेष्ठ र नविन दाहाल,युवा संयोजक अमृत सिलवाल,सदस्यहरुमा धन बहादुर बस्नेत,अर्जुन भुजेल लगायतको उपस्थित रहेको थियो ।


