काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान लागिएको हो । लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा लैजाने तयारी रहेको प्रहरीले श्रोतले जनाएको छ। प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले भने लामिछानेलाई काठमाडौँ लैजाने विषयमा कुनै जानकारी नभएको बताए ।


