सुनसरी | सुनसरी को बराहक्षेत्र नगरपालिका वडा -१० प्रकासपुर मा नेपाल मानव र्म सेवा समिती कोशी प्रदेश क्षेत्र आश्रम प्रकाशपुर द्धारा श्री कृष्ण अष्टमीकाे पावन अवसरमा महान् सत्संग समारोह सम्पन्न गरेकाे छ । महान् सत्संग समारोह मा सभापति पुजनीय सन्त माेदनी बाइ ज्यू रहनु भएको थियो भने
प्रमुख अतिथि बराहक्षेत्र वडा नं १० वडाध्यक्ष तेज बहादुर गुरुङ लगाएत धार्मिक कलकार , स्थानिय कलकार , स्थानिय समाज सेवी , बुद्दिजिवि , सन्चारकर्मी , शैक्षिक एवम् बौद्दिक ब्यक्ति साथै नेपाल मानव धर्म सेवा का सुभचिन्तक हरुको बाक्लो उपस्थिति मा
प्रस्ताेता नेपाल मानवधर्म सेवा समिति काेशी क्षेत्र आश्रमका भक्ति संगीतका संयाेजक सुरज विष्ट ले उक्त कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
नेपाल मानव धर्म सेवा समिती द्धारा महान् सत्संग समारोह मा बालबालिका को नृत्य प्रदर्शन र झाँकि प्रदर्शन गरि भजन किर्तक समेत गरेका थिए । उक्त कार्यक्रम मा दुई जना बृद्दा लाई सम्मान साथै अतिथि गण लाई मायाको चिनो प्रदान गरेका थिए ।
कृष्ण जन्माष्टमी मनाउनुको मुख्य कारण भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्नु हो। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा पृथ्वीमा बढ्दै गएको अन्याय, अत्याचार र अधर्मको नाश गर्नका लागि भगवान् विष्णुको आठौँ अवतारको रूपमा उहाँको जन्म भएको मानिन्छ।
हाम्रो सनातन धर्ममा भगवान् कृष्णको महत्त्व अतुलनीय छ। उहाँलाई हामीले लीला पुरुष, योगी, ज्ञानका प्रतीक र कर्मका प्रेरणास्रोतको रूपमा चिन्छौँ। महाभारतको युद्धमा अर्जुनलाई दिएको श्रीमद्भगवद् गीताको ज्ञान आज पनि हाम्रो जीवनको हरेक पक्षमा उत्तिकै सान्दर्भिक छ। उहाँले 'कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन' (कर्म गर, फलको आशा नगर) भनेर हामीलाई कर्तव्यपरायण हुन सिकाउनुभयो।
त्यसैगरी, उहाँको बाल्यकालका नटखट लीलाहरूले हामीलाई जीवनलाई आनन्दित रूपमा बाँच्न प्रेरित गर्छन् भने, राधासँगको उहाँको प्रेमले निस्वार्थ प्रेमको सन्देश दिन्छ।
आजको यस शुभ अवसरमा, हामीले भगवान् श्रीकृष्णबाट प्रेम, त्याग, न्याय र कर्तव्यको पाठ सिकेर आफ्नो जीवनमा आत्मसात् गरौ । भन्ने उद्देश्य ले नेपाल मानव धर्म सेवा समिती द्धारा महान् सत्संग समारोह बर्सेनी रुपमा गर्दै आएको र भाबि दिन हरुमा अझै यस्तै धार्मिक कार्यक्रम , सत्संग गर्दै जाने भनि प्रस्ताेता नेपाल मानवधर्म सेवा समिति काेशी क्षेत्र आश्रमका भक्ति संगीतका संयाेजक सुरज विष्ट ले बताउनु थियो ।


