इटहरी। इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने तयारी गरिरहेको बेला गाउँपालिकाले पनि यसलाई अगाडि बढाएको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार, माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा किरात सिरिजङ्गा लिपिमा लेखिने० लाई आधिकारिक कामकाजी भाषाका रूपमा प्रयोग गर्न एक जना भाषिक सहजकर्ता सहायक पाँचौँ तह नियुक्त गर्ने तयारी भइरहेको छ। यसका लागि छ जनाले आवेदन दिएका छन् र आगामी भदौ ४ गते बुधबार छनोट परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईका अनुसार, यो नियुक्ति भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५ु र ुमाङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४ु अनुसार गर्न लागिएको हो। भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछन्। राष्ट्रिय जनगणना २०७८ अनुसार, माङसेबुङको कुल जनसङ्ख्या १६,८१० मध्ये ४२।८३ प्रतिशत लिम्बू र ३३।६ प्रतिशत राई समुदायका छन्। यसअघि नै, गाउँपालिकाले २०७५ सालदेखि ५ नं वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरिसकेको छ।


