इटहरी। मोरङको विराटनगरमा आज भदौ १ ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदै छ । ०२५ सालदेखि खटयात्रा रथयात्रामा परिणत गरिएको हो । विराटनगरमा वि।सं। १९८८ देखि खटयात्रा थालिएको थियो । दिउँसो ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिनेछ । मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरेपछि रथयात्रा थालिनेछ । भारतका विभिन्न स्थानबाट समेत भक्तजन सहभागी हुने यो रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।


