बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका– १० प्रकासपुर स्थित   जय सप्तकोशी इङ्लिस एकेडेमी मा एक दिने ‘स्पिक आउट एमसी सीप तालिम’ सम्पन्न भएको छ ।

  जय सप्तकोशी इङ्लिस एकेडेमी बराहक्षेत्र -१० को आयोजनामा भएको एक दिवसिय तालिममा सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने सिकाइएको छ । उक्त तालिम विद्यार्थीहरुको  लागि प्रभाबकारी भएको र एक दिने सिकाइ उपलब्धि मुलक रहेकाे उपस्थित विद्यार्थीहरु  ले बताउछन् । 

कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा २०१६, जेसीआई नेपालका कमलनाथ दाहाल, २०२५, जेसीआई नेपालका सरनण  लिम्बु र अर्जुन तामाङले सहजीकरण गरेका थिए ।

 तालिममा विभिन्न कक्षामा अध्यनरत  विद्यार्थीहरुको  उल्लेख्य सहभागिता रहेको थियो । तालिम को औपचारिक कार्यक्रम मा सभापति को रुपमा बिद्यालय का प्रध्यानध्यापक जय प्रसाद आचार्य रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा प्याप्सन बराहक्षेत्र को अध्यक्ष खेमराज राई रहनु भएको थियो । साथै अतिथिको रुपमा प्रशिक्षक , बिधालयका शिक्षक , अभिभावक , बिद्यार्थी हरु लगाएत अन्य को उपस्थिति मा बिधालयका साहयक प्रध्यानध्यापक बिशाल लिम्बु  ले उक्त कार्यक्रम सन्चालन गर्नु भएको थियो ।