इटहरी । सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको मिस्टर एण्ड मिस सुष्मा कार्यक्रममा पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनमा ५० जना महिला र २० जना पुरुष विद्यार्थीहरूले सहभागिता जनाएका छन्।
कार्यक्रमको ग्रान्ड फिनाले कलेजको स्वागत समारोहकै दिन हुने भएको छ। यसअन्तर्गत विभिन्न प्रतियोगितामार्फत विद्यार्थीहरूलाई छनोट गरिँदै अगाडि बढाइने कलेजले जनाएको छ।
ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले सहभागी विद्यार्थीहरूलाई सम्पूर्ण खर्च कलेजले बेहोर्ने जानकारी दिनुभयो। साथै, विशेष तालिममार्फत विद्यार्थीहरूलाई अझ तयार पार्ने योजना रहेको उहाँको भनाइ छ।
कलेजका बीबीएस कोअर्डिनेटर हरि भट्टराईले विद्यार्थीहरूको प्रतिभा विकाससँगै भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।पढाइसँगै अतिरिक्त गतिविधिमा संलग्न हुन पाउनु विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न सहायक हुने बताउनुभयो ।
कलेजले आगामी भदौ २० गते भव्य स्वागत कार्यक्रमका साथ मिस्टर एण्ड मिस सुष्मा प्रतियोगिता गर्ने जनाएको छ। प्रतियोगिताको व्यवस्थापन ओपन स्पेस प्रालिले गरेको हो ।


