इटहरी | अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिद्वारा इटहरी हरितालिका तिज पर्वको शुभकामना कार्यक्रम गरेको छ ।

अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिकी  अध्यक्ष तिलमाया तामाङको अध्यक्षता तथा अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी अध्यक्ष बिना खनालको प्रमुख अतिथिमा  तिज विशेष कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा लोकप्रिय गायिका अन्जु गौतमले प्रस्तुत गरेका साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीत र रमाइ गरेका थिए।

प्रमुख अतिथि खनालले तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई संस्कार, सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्न सबैको भूमिका आवश्यक रहेको बताउनु भयो । साथै संस्थाको सामाजिक कार्य निकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

अध्यक्ष तामाङलेले राजनीति सँगसँगै  महिलाहरूलाई सशक्त बनाउन र संस्कार–संस्कृति जोगाउने उद्देश्यसहित आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ नगर कमिटी अध्यक्ष रोशनी राई, अखिल सङ्घ संस्थापक वडा अध्यक्ष तथा पूर्व जिल्ला कमिटी सदस्य राधा भट्टराई, अखिल नेपाल महिला सङ्घ नगर इन्चार्ज एवं पार्टी सहसचिव रन्जु सिग्देल ,इटहरी वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा लगाएत अनेमा संघका पदाधिकारी , महिला संघका पदाधिकारीहरू ,नेकपा एमाले इटहरीका पदाधिकारीहरूको उपस्थितिमा तिज विशेष कार्यक्रम गरिएको थियोे ।

IMG-20250820-WA0020