धरान / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटी धरानले सोमबार लुलु होटलमा ‘तीज स्पेशल–२०८२’ कार्यक्रम सम्पन्न गरेको छ।

सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ प्रमुख अतिथि तथा पूर्व प्रदेश सभा सदस्य साबित्री जोशी विशिष्ट अतिथि रहनुभएको थियो।

IMG-20250820-WA0031

कार्यक्रममा पूर्व अध्यक्ष नरमाया तामाङ, उद्यमी पूर्णकला मास्के, कलाकार अम्बिका दवाडी, समाजसेवी शीला बज्राचार्य, धार्मिक अभियान्ता दुर्गा काफ्ले र शिक्षासेवी कोपिला भट्टराई लगायतलाई सम्मान गरिएको थियो।

समाजमा विभिन्न क्षेत्रमा रहेका महिलाहरूलाई सम्मान गर्दै उनीहरूको पेशा व्यवसाय प्रतिको लगनशीलतालाई बढाउन ु  पनि सामाजिक कार्यको एक खुड्किलो सम्झेर तीजको रमाइलो सँगसँगै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गरेको सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठले बताउनुभयो ‌।

IMG-20250820-WA0029 1

अतिथि मीना श्रेष्ठले महिलाहरू सशक्त बन्न आत्मनिर्भर बन्नुपर्ने बताउँदै सशक्तिकरणमा लागेका महिलाहरूलाई सम्मान गर्दै अझ ऊर्जा प्रदान गर्न सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठले गरेको काम सम्मान अत्यन्तै सर्हानिय रहेको बताउनुभयो। कार्यक्रममा गायिका अन्जु गौतम, अम्बिका दवाडी, सरस्वती रिमाललगायतले प्रस्तुती दिनुभएको थियो । 

 “सम्मानित व्यक्तिहरुको विवरण” 

१. अभिष्का दुबाही ढकाल – राष्ट्रिय कलाकारी क्षेत्रमा पाँच वर्षदेखि निरन्तर सक्रिय, धरानमा दर्जनौं गीत गाएर लोकप्रिय।

२. आशा राई – त्रिवि शिक्षण अस्पताल, स्वास्थ्य स्वयंसेविका।

३. कविता नेपाल – विगत १४ वर्षदेखि बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा।

४. सुर्जा राईफ्ले – धर्म क्षेत्रका विभिन्न समाजसेवा र जागरण अभियान।

५. कोमलता भण्डारी – शिक्षक अभियन्ता, १४ विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सहयोग, विपन्नलाई निःशुल्क शिक्षासामग्री।

६. म कुँवर कarki (डक्टर) – समाजसेवी तथा चिकित्सकीय सेवामा योगदान।

७. मेनुका जोशी – दीर्घ अनुभव भएको शिक्षिका, छोरीलाई सशक्त बनाउन सक्रिय।

८. मिना क्षेत्री – राजनीतिज्ञ तथा महिला अधिकारकर्मी, विगत १७ वर्षदेखि समाजिक सेवामा सक्रिय।

९. रिता लामा – लामो समयदेखि सीपमूलक कार्यमा संलग्न।

१०. गीता बज्राचार्य – सहकारी, महिला सशक्तिकरण र समाजसेवामा योगदान।

११. सीता बि.क. – विगत लामो समयदेखि बीपी प्रतिष्ठानमा सेवामा।

१२. सुनिता क्षेत्री – महिला सीप विकास केन्द्र, विभिन्न संस्थामा नेतृत्व।

१३. सुजिला तिवारी (बुलेट आमा) – स्वच्छता, स्वास्थ्य र मानव अधिकार अभियानमा सक्रिय।

१४. स्वर्णिमा राई – समाजसेवा र शिक्षा क्षेत्रमा योगदान।

१५. पूर्णकला मार्क्स – शिक्षा तथा महिला सशक्तिकरणमा प्रेरणादायी व्यक्तित्व।

१६. कमला लिम्बु – लामो समयदेखि महिला उत्थान र समाजिक अभियन्ता।