इटहरी ।  सुनसरीको दुहबी वडा नम्बर ३ मा रहेको नेपाल विद्युत प्राधिकरण ग्रिड शाखा कार्यालयको पश्चिम सँधियारमा घर भएको पुस्पलाल चौधरीको २ तल्ले घरको छतबाट बेलवारी विद्युत वितरण केन्द्रमा गएको ३३ के।भि।  हाइटेन्सन प्रशारण लाइनको लापरबाहीबाट दुहबी ३ का दुई भाइ छोरा २० बर्षका बादल चौधरीको मृत्यु भएको थियो भने  १८ बर्षका सुजन चौधरी गम्भीर घाइते भएका थिए । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले उक्त हाइटेन्सन तारबाट घरको छतमा आगो लागि बादल चौधरीको मृत्यु भएको थियो भने सुजन चौधरी गम्भीर घाइते भएका थिए । २०८१ साल मंसिर ११ गते नेपाल विद्युत प्राधिकरण बेलवारी वितरण विद्युत केन्द्र मोरङमा मृतकको उचित क्षतिपुर्ति र घाइतेको उपचार खर्च उपलब्ध गराइ पाँउ भनी दर्ता नम्बर ९८२ निवेदन ९ महिना बितिसक्दा समेत न्यायोचित क्षतिपुर्ति र घाइतेको उपचार खर्च हालसम्म पनि उपलब्ध गराएको छैन  ।