इटहरी । मोरङको उर्लाबारीमा “सामाजिक सेवा, सुमधुर सम्बन्ध हाम्रो दायित्व” भन्ने नाराका साथ सामाजिक सञ्जाल टिकटक ग्रुप मित्रताको बन्धन मोरङले उर्लाबारीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ऋषिकेश नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा टिकटकर सिर्जना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि पूर्व जनप्रतिनिधि तथा समाजसेवी शैलेन्द्र श्रेष्ठ, झापाली टिकटकर सपु क्षेत्री लगायत कोशी प्रदेशका विभिन्न स्थानबाट करिब दुई सय जना सहभागी भएको कार्यक्रममा  राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, गीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । साथै, कार्यक्रममा सहभागी महिलाहरूलाई सांस्कृतिक पोशाक ,साडी लगायतका कपडा वितरण पनि गरिएको थियो । मुख्य अतिथि सिर्जना श्रेष्ठले यस्ता कार्यक्रमहरूले सामाजिक सेवा मात्र नभई सुमधुर सम्बन्ध स्थापना गर्न र मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभयो । विगत केही वर्षदेखि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रिय यस संस्थाले सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिईरहने कार्यक्रम सञ्चालक संस्थाका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।