इटहरी । कुशे औँसी तथा तीजको अवसर पारेर आत्मा जागृति नेपाल, इटहरीले निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विशेषगरी इटहरी क्षेत्रमा क्रियाशील रिक्सा चालक, श्रमिक मजदुर तथा सर्वसाधारणलाई लक्षित गरी निःशुल्क खाना खुवाएको हो । आत्मा जागृति नेपालका कार्यक्रम संयोजक शिवराज नेपालका अनुसार चाडपर्वमा समेत न्यून आम्दानी हुने वर्गका श्रमिक, मजदुर र दैनिक ज्यालादारीले राम्ररी खान–पान गर्न पाउँदैनन् भन्ने सोचका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । उहाँले समाजमा आर्थिक रूपमा पछाडि परेका वर्गलाई चाडपर्वमा आत्मीयता दिलाउने उद्देश्यले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका मेखराज बुढाथोकीले बताउनुभयो ।


