बराहक्षेत्र  | नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ ।

वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।

सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वटा स्थानिय तह मध्य पाचौ स्थानमा रहेको छ। ९० .५० अंङ्क प्राप्त गर्दै इलामको सुर्यदय नगरपालिका कोशी प्रदेशको प्रथम , ९० अंङ्क प्राप्त गर्दै इलामको इलाम नगरपालिका दोस्रो ,  ८७.२५ अंङ्क प्राप्त गर्दै बिराटनगर महानगरपालिका प्रदेशको तेस्रो , ८६.५० अंङ्क प्राप्त गर्दै खोटाङ्को हलेसी तुवाचुङग नगरपालिका चौथौ ,  ८६ अंङ्क प्राप्त गर्दै झापाको कन्काई नगरपालिका प्रदेशको चौथौ उत्कृष्ट पालिका बनेको हो ।

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र नि:शर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिकाले १०० पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गर्दै सुनसरीको पहिलो र कोशी प्रदेशको उत्कृष्ट अंङ ल्याउने पालिका मध्य पाचौ स्थानमा रहेको छ ।

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनसरीलो भोक्राह  गाउपालिकाले ८०.५० अंङ्क प्राप्त गरेको छ । दुहवी नगरपालिकाले ८०.२५ अंङ्क ,  इटहरी  उपमहानगरपालिकाले ८० अंङ्क , धरान उपमहानगरपालिकाले ७७. ५० अंङ्क , हरिनगरा गाउपालिकाले ७३ अंङक इनरुवा नगरपालिकाले ७१.२५ अंङ्क ,  गढि गाउपालिकाले ७१ अंङ्क त्यस्तै बर्जु गाउपालिकाले ६८.५० अंङ्क , कोशी गाउपालिकाले ६४ अंङ्क , देवानञ्ज गाउपालिकाले ५६ अंङक र रामधुनी नगरपालिकाले ५३ .५० अंङ्क प्राप्त गरेको छ ।

लगातार ३ वर्षदेखि सुनसरीको  उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गरेको वराहक्षेत्र नगरपालिकाले यसवर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो ।  मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा वराहक्षेत्र नगरपालिकाले आफ्नो कार्यसम्पादनमा उत्कृष्ट नम्बर प्राप्त गरेको हो ।