इटहरी । नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नेपाल विद्यार्थी संघ, छात्रा विभागकी अध्यक्ष सुप्रिया पुरीको अध्यक्षता तथा नेपाल महिला संघ की केन्द्रीय सदस्य गिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तीजका गीतमा आधारित सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो।
अध्यक्ष पुरीले परम्परागत रीतिरिवाजलाई जोगाउँदै महिलाहरूको तीज पर्वलाई संरक्षण गर्न संघले क्याम्पसमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताइन्। प्रमुख अतिथि श्रेष्ठले तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा महिलासम्बन्धी गतिविधिमा संघलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारी, जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशी,जनता बहुमुखी क्याम्पस स्ववियुका सभापति सहदेव काफ्ले ,कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान,कोशी प्रदेश नेपाली कांग्रेस प्रदेश प्रतिनिधि विज्ञान राई,नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराई ,नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबु बस्नेत,शिक्षक, विद्यार्थी तथा सञ्चालक समितिका पदाधिकारीहरू लगाएत उल्लेख्य सहभागिता रहेको थियो।
सहभागी महिलाहरूले तीजको उल्लासमय नृत्य, गीत र रमाइलो गर्दै कार्यक्रमलाई अझै जीवन्त बनाएका थिए।


