इटहरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत स्व–मूल्याङ्कन (लिजा) अनुसार भोजपुरको अरुण गाउँपालिका जिल्लामा दोस्रो स्थानमा परेको छ । मन्त्रालयको गुणस्तर मूल्याङ्कनमा अरुण गाउँपालिकाले ७९ दशमलव ५० अंक ल्याएर दोस्रो स्थान हासिल गरेको हो । जिल्लामा रामप्रसादराई गाउँपालिका ८२ अंकसहित पहिलो स्थानमा रहँदा, पौवादुङमा गाउँपालिका ७९ दशमलव २५ अंकका साथ तेस्रो स्थानमा परेको छ ।

गाउँपालिकाको संस्थागत क्षमता मूल्याङ्कन गर्दा स्थानीय तहको वार्षिक बजेट तथा योजना तर्जुमा, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासनलगायत १० वटा सूचकलाई आधार मानिएको मन्त्रालयले जनाएको छ ।


