सुनसरी | रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ ।
निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो ।
श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । अहिले उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सन, ले सम्पन्न गरे सँगै श्रेष्ठ कन्सट्रक्सन कम्पनीका प्रोप्राइटर दिनेश श्रेष्ठका अनुसार कालोपत्र सडक गुणस्तरीय भएको छ यस मा कुनै कमजोरि आए सदैब मर्मत गर्न तयार छु । उनका अनुसार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको छ र कामलाई दीगो तथा मापदण्डअनुसार पुरा भएको छ ।
श्रेष्ठले भने, “हामीले यसअघि पनि रामधुनी नगरपालिकासहित आसपासका विभिन्न सडकखण्ड कालोपत्रे गरेका छौं। ती सडकहरु दिगो भएका छन् र स्थानीयवासी सन्तुष्ट छन्। यही विश्वास र अनुभवका आधारमा यो सडक पनि गुणस्तरीय रूपमा निर्माण गरेकाे हो ।
रामधुनी मन्दिर क्षेत्रमा हरेक वर्ष हजारौं श्रद्धालु भक्तजन आउने गर्दछन्। तर वर्षायाममा सडक मा आवतजावतमा समस्या हुने गुनासो स्थानीयवासीले गर्दै आएका थिए। अब सडक कालोपत्रे भएपछि मन्दिर आउने भक्तजन र स्थानीयवासीलाई सुविधाजनक भएको छ ।
यस सडक रामधुनी नगरपालिका वडा ४ का वडा अध्यक्ष कमल कार्की श्रेष्ठ कन्सट्रक्सन, का प्रोप्राटर दिनेश श्रेष्ठ , इन्जिनियर , स्थानीयवासी, सरोकारवालाहरु लगाएत अन्यको निगारानिमा रामधुनी-मन्दिर सडक कालोपत्रे भएको हो ।


