इटहरी । सुन्दरहरैचा मोरङमा जीवन विज्ञान सुन्दरहरैचा–४ को आयोजनामा तीज विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैचा–४ मा रहेको नेवा सामुदायिक भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता बिमला श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक गणेश ढकाल, सन्तोष ढकाल, शालिग्राम कट्वाल, समाजसेवी नारायण श्रेष्ठ, मेनुका दाहाल सहित स्था नीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र श्रेष्ठले तीज पर्व केवल मनोरञ्जनको पर्व मात्र नभई समाजमा महिला सशक्तिकरण, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने पर्व भएको बताउनुभयो । उहाँले यस्ता सांस्कृतिक गतिविधिहरू निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा उपस्थित सहभागीहरूले तीजको महत्वबारे विचार राखेका थिए । कार्यक्रम सञ्चालन मनि भगत चौधरीले गर्नुभएको थियो भने उपस्थितलाई गोमा ढकालले स्वागत गर्नुभएको थियो । जीवन विज्ञान सुन्दरहरैचा–४ को आयोजनामा सम्पन्न यस कार्यक्रमले महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक संरक्षणमा टेवा पु¥याउने आयोजकले विश्वास लिएका छन् ।


