इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथ अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा र ओमप्रकाश मास्के, सचिवमा उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै १६ भन्दा बढी सदस्यसहितको कार्यसमिति गठन गरी संघलाई सुदृढ बनाउने संकल्प गरिएको छ ।

कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाले प्रमुख आतिथ्यतामा गरिएको थियोे ।

अधिवेशनलाई सम्बोधन गर्दै वक्ताहरूले खेलकुद र राजनीतिबीचको सम्बन्धलाई विशेष महत्त्व दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले संघीय सरकार अन्र्तगतको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने माग गरे । काँग्रेसको अनुशासन समितिका सदस्य समेत रहेका केन्द्रिय सदस्य कोइरालाले कोशी प्रदेशको खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने दावी गरे । यस अघि भागबन्डाका नाममा काँग्रेसले पाउनुपर्ने बोर्डको सदस्य सचिव अर्को पाटीले पाएको कोइरालाले बताए । सरकार मातहत रहेका खेलकुदका संस्थाहरुमा लामो समय देखी काँग्रेसले नेतृत्व गर्न नपाएको भन्दै अब काँग्रेसले पाउनुपर्ने उनले बताए ।

त्यस्तै नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार सेरचनले खेलाडी र खेलकर्मीलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले राजनीतिले खेलकुदलाई दिशा दिन सक्ने र खेलकुदले राजनीतिलाई जवाफदेही बनाउन सक्ने विचार राखे ।

अध्यक्षमा निर्वाचित भएका अभिषेक श्रेष्ठले आफ्नो कार्यकाल खेलाडी–मैत्री नीति, खेल संरचना विकास र खेलकर्मीलाई अवसर सिर्जना गर्न समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “राजनीतिक नेतृत्व र खेलकुद क्षेत्रबीचको सहकार्यले मात्र प्रदेश र राष्ट्र स्तरमा खेलकुदलाई मजबुत बनाउन सकिने बताउनुभयो ।

त्यस्तै अन्य वक्ताहरूले खेलकुदलाई सहकार्यमा अघि बढाउनु नै सकारात्मक परिणाम दिने धारणा राखे । खेल मैदानले दलगत भिन्नता भन्दा माथि उठेर युवालाई राष्ट्र निर्माणमा एकत्रित गर्ने भएकाले राज्यको नीति र राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो ।IMG-20250825-WA0075

अधिवेशनमा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय सदस्य रजन थापा, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा खेलकुद विभाग प्रमुख सूर्य राई, संघका सल्लाहकार किशोर राई, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । साथै विभिन्न भातृ संगठनका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।1756127734641

नेपाल लोकतान्त्रीक खेलकुद संघको राष्ट्रिय अधिवेशन भने यहीँ महिना काठमाडौं हुँदै छ । यस अधिवेशनले खेलकुदलाई सशक्त बनाउन राजनीतिक सहकार्य आवश्यक छ भन्ने सन्देश दिएको छ । खेलकुद र राजनीति सहयात्रीका रूपमा अघि बढेमा मात्र प्रदेश र राष्ट्र दुवै स्तरमा खेलकुद क्षेत्रमा दीर्घकालीन सुधार र सफलता प्राप्त गर्न सकिने धारणा राखिएको छ ।IMG-20250825-WA0074