इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा ,ओमप्रकाश मास्के,महिला उपाध्यक्ष निलिमा थाम्सुहाङ ,सचिव उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै सदस्य सहित २८ जनाको कार्यसमिति गठन गरीएको हो । कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले संघीय सरकार अन्र्तगतको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने माग गर्नु भयो। काँग्रेसको अनुशासन समितिका सदस्य समेत रहनुभएका केन्द्रिय सदस्य कोइरालाले कोशी प्रदेशको खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने दावी गर्नु भयो । अध्यक्षमा निर्वाचित भएका अभिषेक श्रेष्ठले आफ्नो कार्यकाल खेलाडी–मैत्री नीति, खेल संरचना विकास र खेलकर्मीलाई अवसर सिर्जना गर्न समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । उहाले राजनीतिक नेतृत्व र खेलकुद क्षेत्रबीचको सहकार्यले मात्र प्रदेश र राष्ट्र स्तरमा खेलकुदलाई मजबुत बनाउन सकिने बताउनु भयो । अधिवेशनमा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार सेरचन,नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय सदस्य रजन थापा, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा खेलकुद विभाग प्रमुख सूर्य राई, संघका सल्लाहकार किशोर राई, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी लगायत विभिन्न भातृ संगठनका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


