सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको अध्यक्षमा परशुराम यादव चयन भएका छन्। इनरुवामा बसेको जिल्ला कमिटी पुर्ण बैठकले यादवलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्ष बनाएको हो।

पार्टीका तत्कालीन जिल्ला अध्यक्ष निलम खनालको गत वर्ष निधन भएपछि नेतृत्व रिक्त भएको थियो। त्यसपछि यादवले कार्यबाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। लामो समयदेखि संगठनमा सक्रिय रहेका यादव अब आधिकारिक अध्यक्षका रूपमा निर्वाचित भएका छन्।

537310573_122130722636817176_8741495943365118781_n

जिल्ला कमिटीको बैठक इनरुवामा सम्पन्न भएको थियो। बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरूले नयाँ नेतृत्व चयन गरेर संगठनलाई अझ मजबुत बनाउने निर्णय गरेका छन्।

परशुराम यादवको नेतृत्वमा संगठनात्मक सबलीकरणसँगै जनतामुखी एजेन्डामा पार्टी सक्रिय हुने अपेक्षा गरिएको छ। एमालेका नेताकर्मचारीहरूले उनको नेतृत्वमा जिल्लामा नयाँ ऊर्जा र उत्साह थपिने विश्वास व्यक्त गरेका छन्।

538406248_24413218598368316_6775866435705858129_n