पथरी । श्री सिद्धेश्वर साकोस र प्रभात सामुदायिक युवा क्लबको संयुक्त आयोजनामा यस वर्ष नारीहरूको महान् चाड हरितालिका तीज विशेष उत्सवका साथ मनाइएको छ।
प्रभात सामुदायिक युवा क्लबका सचिव विक्रम बस्नेतका अनुसार दुबै संस्थाले सहकार्य गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति तथा खेलकुद प्रतियोगिता आयोजना गरेर कार्यक्रमलाई उत्सवमय बनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका–८ का वडाध्यक्ष नवीन कार्की रहेका थिए। कार्यक्रममा समाजसेवी, विभिन्न संस्थाका प्रतिनिधि तथा वडाभरिका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।
संयुक्त कार्यक्रममा प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष अमरबहादुर थापा र श्री सिद्धेश्वर साकोसका अध्यक्ष सडराज काफ्लेको नेतृत्वमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो। सिद्धेश्वर साकोसले हरेक वर्ष गर्दै आएको यस कार्यक्रमलाई यसपटक युवा क्लबसँगको सहकार्यले अझ भव्य र सभ्य रूपमा सम्पन्न गरिएको आयोजकले बताएका छन्।


