इटहरी । नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसिज तथा इटहरी लेडी जुनियर जेसिजद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा सामूहिक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार इटहरीको संगीतचोकमा सम्पन्न कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगितामा सहभागी ६ समूहमध्ये बराह टोल समूह प्रथम, जुनतारा टोल समूह दोस्रो तथा पूर्वेली नौ मति बाजा समूह तेस्रो भएका छन् । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीत र रमाइ गरेका थिए।

संस्थाले निरन्तर रूपमा समाजमा महिलाको पहिचान र अग्रसरतालाई प्रोत्साहित गर्दै आएको   अध्यक्ष लक्ष्मी बरालले बताउनुभयो । तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रम गर्दै जाने उहाँको भनाइ छ ।

संस्थाले समाजमा सकारात्मक सन्देश दिएकाले   अगाडि बढिरहेको साथै केवल मनोरञ्जन मात्र नभई सामाजिक सद्भाव र महिला सशक्तीकरणको अभियानमा परिणत गरेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बताउनुभयो । आगामी दिनमा संस्था तथा महिलाको निम्ति सरकारले सहयोग गर्ने बताउनुभयो । IMG_20250827_111342

कार्यक्रमलाई इटहरीका विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । कार्यक्रमको संयोजक इटहरी लेडि जेसिज सामुदायिक क्षेत्रकी कार्यकारी उपाध्यक्ष रूविना थापाले गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख संचालिका ब्रह्माकुमारी शारदा दिदी, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केशीसहित विभिन्न संघसंस्थाका पदाधिकारी, इटहरी लेडी जेसिजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।1756272236226

तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभइ ,सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएको छ । कार्यक्रमले  समावेशी तीज मिलन कार्यक्रमले फरक–फरक समुदाय, जात, धर्म र पृष्ठभूमिबाट आएका दिदीबहिनीहरूलाई एउटै मञ्चमा ल्याएर सामाजिक सद्भाव र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुराएको छ ।