संखुवासभा । संखुवासभाको शिक्षा इतिहास बोकेको श्री मादी माध्यमिक विद्यालय आज आफ्नो ७५ औं जन्मजयन्ती र हीरक महोत्सवको समारोहमा रमाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण हुँदैछ।
प्रधानाध्यापक विश्वनाथ सुवेदीका अनुसार महोत्सवको अवसरमा अभिनन्दन तथा सम्मान, वार्षिक प्रतिवेदन र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक, छात्रवृत्ति र पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति तथा साँझको दीपावली कार्यक्रम समेत हुनेछ।
कार्यक्रमलाई ऐतिहासिक र गरिमामय बनाउन विद्यालय समुदाय निरन्तर तयारीमा रहेको व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद दाहालले बताउनु भयो ।
स्थानीय उत्साहलाई मध्यनजर गर्दै मादी नगरपालिकाले आजको दिन विदा समेत दिएको छ।
वि.स. २००८ सालमा अर्थात् ७५ वर्षअगाडि सुरू भएको सानो पहल आज शैक्षिक आन्दोलनको एउटा उज्यालो अध्याय बनेको छ—श्री मादी माध्यमिक विद्यालय, जसले संखुवासभाको शिक्षा यात्रामा अनगिन्ती जीवनलाई उज्यालो बनाइरहेको छ


