इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोसाक वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण र जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । भदौ २ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको एकीकृत सेवा कार्यक्रममा वडाभित्रका पाँच आधारभूत विद्यालय, एक माध्यमिक विद्यालय र एक बाल केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत समाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका वृद्ध, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीहरूको विवरण नविकरण गरिएको छ। साथै, वडामा रहेका जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको वडा अध्यक्ष गणेश कुमार राईले जानकारी दिनुभयो। वडाले आयोजना गरेको कार्यक्रममा स्थानीय विद्यालय, स्वास्थ्य संस्था, अभिभावक, शिक्षक र स्वयंसेवकहरूको समेत सक्रिय सहयोग रहेको जनाइएको छ ।


