सुनसरी / सुनसरी क्षेत्र नम्बर ३ कि प्रतिनिधि सभा सदस्य तथा पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाहरूसँग टोलटोलमा पुगेर उनीहरूको समस्या र समाधानका उपायका विषयमा छलफल भेटघाट गर्नुभएको छ। जनप्रतिनिधिहरू निर्वाचित भएर गएपछि गाउँमा नआउने, आफ्ना भनाइहरु नसुन्ने पुन अर्को चुनावमा मात्र फर्केर आउने गरिरहेको अवस्थामा प्रतिनिधि सभा सदस्य भगवती चौधरी ले गाउँ गाउँमा आएर आफ्ना समस्याहरु सुन्ने काम गरेको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।
बाटो भवन नहर आदि बनाउन पहल गरी भइरहेको काम उल्लेखनीय रहेको र अझ यतिले नपुग्ने अझै विकास निर्माणका काममा जोड दिनुपर्ने स्थानीय को माग छ।
विभिन्न बाटो पुल सडक निरीक्षण अवलोकन गर्दै गढी गाउँपालिका वडा नं २ सखुवारे मा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरी, वडा अध्यक्ष प्रभाकर माझी लगायतका जनप्रतिनिधिहरू, प्राविधिक टोली सहित पुग्नुभएकि माननीय भगवती चौधरीले यस क्षेत्रका कोही पनि नागरिक घरबारविहीन नहुन् भनेर विभिन्न संघसंस्थाहरूको समन्वयमा सयौँ घरहरू बनाइसकेको र अझै घरहरू बनाइदिने योजनाका साथ अघि बढिरहेको बताउँदै यति मात्र विकासका काम पर्याप्त नभएको ले यस क्षेत्रको विकासका लागि विभिन्न विषयमा सदनमा समेत कुरा उठाइराख्नुका साथै आफू क्रियाशील भएर समयसमयमा आफूलाई निर्वाचित गराउनु हुने आम मतदाता नागरिकसँग नियमित जसो भेटघाट छलफल गर्दै समस्या र समस्या समाधानका लागि लागिपरेको बताउनुभयो।


