इटहरी । सुनसरीको दुहवी नगरपालिका २ मा अटिजम भएका बालबालिकाको पठनपाठनका लागि बन्न लागेको भवनको शिलान्यस गरिएको छ । दुहबी २ स्थित श्री नबिन शिक्षा निकेतन आधारभूत विद्यालयमा अटिजम भएका बिद्यार्थीहरुका लागि पठन पाठन गर्न बन्ने नयाँ भवनको सांसद एवम् पूर्व मन्त्री भगबती चौधरीले शिलान्यस गर्नुभएको हो । अनुमानित ३० लाख रुपैयाँको बजेटमा भवन निमार्ण गरिने बताइएको छ । गत वर्ष मन्त्री पदमा रहँदा पुर्व मन्त्री चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बजेटमार्फत भवन निर्माणको लागि आवश्यक रकम विनियोजन गर्नुभएको थियो। सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद चौधरीसँगै प्रदेस सभा सदस्य रोहित बहादुर कार्की पनि शिलान्यास कार्यक्रममा सहभागि बन्नुभएको थियो । शिलान्यस अघि विद्यालयमा सांसद चौधरी र प्रदेस सभा सदस्य कार्कीलाई विद्यार्थीहरुले स्वागत गरेका थिए ।


