सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. १० स्थित प्रकाशपुर स्वास्थ्य चौकी अगाडिको खुल्ला मैदानमा आयोजना भएको प्रथम प्रकाशपुर महोत्सव  आज सफलतापूर्वक समापन भएको छ।

लालुपाते संस्था प्रकाशपुर-बराहक्षेत्र १० को मुख्य आयोजनामा भएको यो महोत्सव बराहक्षेत्र नगरपालिका वडा -१० को कार्यालय लगायत अन्य स्थानीय संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो।

महोत्सवको अन्तिम दिन समापन समारोहको मुख्य आकर्षण प्रख्यात कलाकार ज्योति मगर  को मनमोहक बेजोड प्रस्तुति  रहेको थियो। उनको सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो।

यस महोत्सवमा नेपाल को चर्चित कलकार देखी लिएर स्थानीय कलाकारहरूले आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। महोत्सवको मंचबाट स्थानीय कला र संस्कृतिको प्रदर्शन भएको थियो जसमा विभिन्न जातिय समुदायका पारम्परिक सांस्कृतिक नृत्यहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।1756519305383