इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारका ५० वर्षीय नितेश श्रेष्ठको आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब १२ बजे श्रेष्ठ नुहाउने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा लगिएको थियो। बाहिरी चोटपटक नदेखिए पनि तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका श्रेष्ठको उपचारका क्रममा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनास्थल धरान इलाका प्रहरी कार्यालयबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ।

घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमाण्डमा अपराध स्थल अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।