सुनसरी । सुनसरीको दुहबीमा हरेक वर्ष भव्यतापूर्वक मनाइने महान चाड फुलपाती पूजाको तयारी यस वर्ष पनि सुरु भएको छ। दुहबीस्थित श्री दुर्गा काली मन्दिरको प्राङ्गणमा आज सम्पन्न भेलाले निष्पक्ष राखी पूजा समिति गठन गरेको हो।
समितिको अध्यक्षमा मानिस प्रसाद रौनियार चयन भएका छन् भने कुल ३१ सदस्यीय समितिमा विभिन्न टोल र समाजका सक्रिय व्यक्तिहरूको सहभागिता रहेको छ।
समितिको सार्वजनिक कार्यक्रममा दुहबीबासी साथै वडा नं. ६ का अध्यक्ष श्री घनश्याम हलुवाई लगायतको उल्लेख्य उपस्थिती रहेको थियो।


