इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ मा प्रहरीले खेतभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धान खेतमा लुकाइएको अवस्थामा ७५ किलो गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। प्रहरीले उक्त गाँजा कसले राखेको हो भन्नेबारे अनुसन्धान थालिएको जनाएको छ। प्रहरीका अनुसार बरामद भएको गाँजाको सम्बन्धमा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइनेछ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


