इटहरी । इटहरी वडा नं. २ स्थित बुढा सुब्बा खेलमैदानमा वुल्स एलेभेन क्लब इटहरीले सरसफाइ तथा वृक्षारोपण गरेको छ। क्लबले खेलमैदानलाई व्यवस्थित र खेलाडीमैत्री वातावरण बनाउन घाँस झारेर मैदान सफा गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेको हो।

सरसफाइ तथा वृक्षारोपणमा स्थानीय राजेश राई, सहयोगि राज बिष्ट सहित अन्य सदस्यहरूको सक्रिय सहभागितामा गरिएको थियो। क्लबका उपाध्यक्ष रामु राईले खेलाडीहरूले खेल खेल्दा सहजता होस् भन्ने उद्देश्यले मैदानमा रहेका ठूला घाँस र झार हटाएर सफा गरेको बताउनुभयो । भविष्यमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने जानकारी दिनुभयो ।

यस्तै क्लबका अध्यक्ष पुर्ण राईले वुल्स एलेभेन क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो । केवल खेलमै सीमित छैनौं, सरसफाइ, वृक्षारोपण, रक्तदानदेखि लिएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको जानकारी दिनुभयो । 

 लामो समयदेखि मैदानमा झाडी, फोहर र अव्यवस्था बढ्दै जाँदा खेलाडी र स्थानीय बासिन्दा असुविधामा थिए। यसैबीच वुल्स एलेभेन क्लबले मैदान सफा गर्दै वृक्षारोपण गरेको घटनाले स्थानीय स्तरमा सकारात्मक सन्देश दिएको छ।1756546734607

वुल्स एलेभेन क्लवले इटहरी क्षेत्रमा सरसफाई , वृक्षारोपण लगायका विभिन्न सामाजिक कार्यमा महत्पुर्ण योगदान पुर्याउदै आएको छ ।