इटहरी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इटहरी कमिटीको दोस्रो नगर उपमहानगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रम रोशनी राईको अध्यक्षता तथा महासङ्घका सचिवालय सदस्य एवम् कोशी प्रदेश इन्चार्ज श्याम तुम्रुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्पा, प्रदेश कमिटी सदस्य एवम् इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरी, एमकला राई, जिल्ला कमिटी सुनसरी अध्यक्ष परशुराम यादव, उपसचिव याम सुब्बा, इटहरी उपमहानगर कमिटी अध्यक्ष रुपेश बस्नेत, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले प्रेम कुमार चौधरीको नेतृत्व बनेको कमिटी उपाध्यक्षमा नेमकुमार आले र कल्पना तामाङ, सचिवमा कविता पुलामी, उपसचिवमा भीममाया पाख्रिन र पुष्पराज श्रेष्ठ, कोषाध्यक्षमा प्रीतिमाया सुनार निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा गणेश भुजेल, दिपा राई, खड्ग देवान, रत्न राई, नीलम चौधरी, ट्विङ्कल चौधरी सहित २७ सदस्यीय कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ।


