सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा–४, दुलारीमा आधुनिक सुविधा र प्राकृतिक वातावरणको संयोजनसहितको नयाँ पर्यटकीय गन्तव्य ‘गोदावरी रिभरसाइड रिसोर्ट’ आकर्षक सेवा सुविधासहित सञ्चालनमा आएको छ।

एशियन हाइवे अन्तर्गत दुलारी चोकबाट २.८ किलोमिटर दक्षिण र इटहरीबाट ६ किलोमिटर भित्रै पर्ने यो रिसोर्टलाई पूर्वी नेपालको उत्कृष्ट पर्यावरणमैत्री रिभरसाइड रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको सञ्चालक रोहीत शाहले जानकारी दिनुभयो।

रिसोर्टमा भव्य डोम र नमस्ते आकारका इग्लु आवास गृह, वातानुकुलित कोठा, परम्परागत नेपाली कलाले सजाइएका आन्तरिक सजावट, परिवारमैत्री रेस्टुरेन्ट तथा बार सेवा उपलब्ध छन्। साथै, ‘तालको बीचमा डिनर’ गर्ने सुविधा यस रिसोर्टको विशेष आकर्षण हो।

मनोरञ्जनका लागि मोटर बोटिङ, माछा मार्ने अनुभव, रमणीय ताल वरिपरि पैदल यात्रा, मौसमी फल टिपाइ लगायतका गतिविधि राखिएका छन्। बालबालिकाका लागि खेल सामाग्री, संस्थागत कार्यक्रमका लागि वातानुकुलित हल, विवाह तथा रिसेप्सनका लागि भव्य स्थलको व्यवस्था गरिएको अध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो।

यसैबीच, रिसोर्टले दशैं, तिहार र छठ पर्व विशेष छुट योजना ल्याएको छ। १० जना वा सोभन्दा बढी समूहलाई प्रवेश शुल्कमा २५ प्रतिशत छुट,,बोटिङमा २५ प्रतिशत छुट, खानाको सम्पूर्ण मेनुमा १० प्रतिशत छुट कोठा तथा दिवा बसाइ प्याकेजमा २० प्रतिशत छुट रहेको छ ।

रिसोर्ट नजिकैबाट धरान, भेडेटार, धनकुटा, इलाम, कन्याम तथा तिनजुरे जस्ता आकर्षक स्थलहरू १ देखि ६ घण्टाको यात्रामा पुग्न सकिन्छ भने भारतको दार्जिलिङ र सिक्किम पनि ७–१० घण्टामा पुग्न सकिने छ।

रिसोर्टमा फिल्म सुटिङ, रात्रिकालीन मनोरञ्जन र व्यायाम गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। साथै, आगामी दिनमा स्वीमिङ पुल, बाल खेल उद्यान र थप १ सय कोठा निर्माण गर्ने योजना रहेको छ।

रिसोर्टले पर्यावरणमैत्री अभ्यास, स्थानीय संस्कृतिको संरक्षण र रोजगारी सृजनामार्फत दिगो पर्यटनलाई प्राथमिकता दिने भएको छ ।