सुनसरी | पथरी सनिश्चरे–८, सखुवारा सोमबारे – पथरी सनिश्चरे नगरपालिका वडा नं. ८ स्थित प्रभात सामुदायिक युवा क्लबले राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गर्न लागेको हाजिर-जवाफ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

क्लबका सचिव विक्रम बस्नेतका अनुसार, प्रतियोगिता भाद्र २० गते शुक्रबार श्री बुद्ध माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। यस प्रतियोगितामा नगरपालिका भित्र रहेका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।

आज क्लबका सदस्यहरूले विभिन्न विद्यालयमा गई खेलमा सहभागी हुन विद्यार्थीहरूलाई निमन्त्रण दिएका छन्। सचिव बस्नेतले कार्यक्रममार्फत बालबालिकामा ज्ञान, सृजनशीलता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्य रहेको बताए।

प्रतियोगिताले विद्यार्थीहरूबीच स्वास्थ्यकर प्रतिस्पर्धा सिर्जना गर्ने र बाल दिवसको महत्वलाई अझ प्रभावकारी तरिकाले उजागर गर्ने विश्वास गरिएको छ।IMG-20250831-WA0031